छात्रले अश्लील भिडियो बनाएर पैसा असुले, हेडसरले छात्रलाई नै अपहरण गरेर फिरौती मागे

डिसी नेपाल
१५ भदौ २०७६ ११:३५

भागलपुर। बिहारको एक स्कुलमा प्रधानाध्यापकलाई ब्ल्याकमेल गरेर पैसा असुलिएपछि प्रधानाध्यापकले पछि ती छात्रलाई नै अपहरण गरेर उनको परिवारसँग उल्टै फिरौती मागेको घटना सार्वजनिक भएको छ । ब्ल्याकमेल गर्ने छात्रलाई अपहरण गरेको आरोपमा भागलपुरको नवोदिप विद्यालयका प्रिन्सिपल ब्रजेश कुमारलाई गिरफ्तार गरिएको छ ।

पक्राउ परेपछि ब्रजेशले ती छात्रले आफूलाई ब्ल्याकमेल गरेर ३ लाख रुपैयाँ असुलेको बताएका छन् । ब्रजेशका अनुसार केही दिन पहिले उनलाई एक अञ्जान नम्बरबाट फोन आयो । फोन गर्नेले धम्की दिए कि उनीसँग एक अश्लील भिडियो छ पैसा नदिए त्यो भिडियो भाइरल गरिदिन्छु । भिडियो देखाउनको लागि ब्रजेशलाई भागलपुरको जीरोमाइल बोलाइयो । भिडियोमा ब्रजेशसँग एक युवती देखिएकी थिइन् ।

ब्रजेशका अनुसार यो विषयमा त्यही स्कुलका एक अर्का छात्र पनि मिलेका छन् जसलाई २०१८ को प्रि बोर्ड परीक्षामा ५ विषयमा फेल भएपछि स्कुलबाट निकालिएको थियो । ब्रजेशका अनुसार ब्ल्याकमेल गरेर छात्रले ३ लाख रुपैयाँ असुलिसकेका थिए र अहिले फेरि ५ लाख मागिरहेका थिए । ब्ल्याकमेल गर्ने छात्रका पिता होमगार्ड जवान हुन् र उनी भागलपुरका जिल्ला मजिस्ट्रेटको कार्यालयमा तैनाथ छन् ।

भागलपुरका एसपी आशिष भारतीले बताएअनुसार ती छात्रले अश्लील भिडियोको डर देखाएर ब्रजेशलाई ब्ल्याकमेल गरिरहेका थिए । २८ अगष्टका दिन ब्ल्याकमेलको ५ लाख लिन उनी ब्रजेशको घर पुगेका थिए । ब्ल्याकमेलबाट आजित भएका ब्रजेशले उनलाई त्यहीँ बन्धक बनाए । छात्रलाई अपहरण गरेपछि ब्रजेशले छात्रका परिवारसँग ३ लाख फिरौती मागे । पुलिसको दबाबपछि उनले छात्रलाई छोडिदिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *