सुडानका पूर्व राष्ट्रपति बसीरलाई धरौटीमा रिहाइ गर्न अदालतद्वारा अस्वीकार

डिसी नेपाल
१५ भदौ २०७६ ११:२२

खार्तूम, सुडान । सुडानको एक अदालतले यहाँका पूर्व राष्ट्रपतिद्वारा धरौटीमा रिहा गर्न गरेको आग्रहलाई शनिबार अस्वीकार गरेको छ ।

सूडानी नागरिकले पूर्व राष्ट्रपति ओमार अल–बसीरलाई सूडानमा भ्रष्टाचार, महङ्गी बढेको र यसलाई नियन्त्रण गर्न उनि असफल भएको भन्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका कारण राज्यले सरकारी सेवालाई प्रदान गर्न नै सम्भव नभएपछि बसीरलाई सेनाको सहयोगमा गत अप्रिलमा पदच्युत गरिएको थियो ।

पछि अनुसन्धानका क्रममा उनको घरमा गैर–कानूनीरूपमा जम्मा गरिएको र ठूलो परिणाममा विदेशी मुद्रा लुकाएको अवस्थामा जफत गरिएको थियो ।

पूर्वराष्ट्रपतिमाथि लागेका दर्जनौ आरोपहरूमा अनुसन्धान चलिरहेकाले जेलमुक्त हुँदा अनुसन्धान प्रभावित हुनसक्ने जिकिरका साथ उनलाई थुनामा राखेर अदालतले अनुसन्धान चलाइरहेको छ ।

बसीरका वकीलले उनलाई धरौटीमा रिहा गरी छानविन गर्न केही समय पहिले अदालतमा अपिल गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *