एटिएम ह्याक प्रकरणः डराउनु पर्दैन, ग्राहकको खाताबाट पैसा चोरिएको होइन

डिसी नेपाल
१५ भदौ २०७६ १६:२५

काठमाडौं। एटिएम ह्याक गरेर शनिबार केही चिनियाँ ह्याकरहरुले करोडौं पैसा निकालेपछि बैंकमा खाता हुने ग्रहकहरु त्रसित छन् । ग्राहकहरु आफ्नो खाताको पैसा पनि चोरी हुने हो कि भन्ने डरमा छन् । ती ग्राहकहरु आफ्नो पैसा चोरी हुन्छ भनेर डराउनुपर्ने अवस्था भने छैन किनकि शनिबार चोरी भएको पैसा ग्राहकको खाताबाट चोरिएको होइन ।

नेपाल राष्ट्र बैंकका अनुसार चोरी भएको पैसा बैंकको हो तर बैंकमा भएको सर्वसाधारणको पैसा भने सुरक्षित छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार ह्याकरले बैंकको सफट्वेयरमा नभएर एटीएम सिस्टममा आक्रमण गरेका हुन् । यस्तो आक्रमणबाट पैसा चोरिँदा बैंकले एटिएममा राखेको पैसा चोरी हुन्छ तर कुनै ग्राहकको खातामा रहेको निक्षेप घट्दैन । शनिबार चोरिएको पैसा एटिएम सिस्टम ह्याक गरेर निकालिएको हो ।

‘अहिले ह्याकरले एटीएम सिस्टममा आक्रमण गरेको खुलेको छ’, उनले भने, ‘बैंकको सफट्वेयरमा आक्रमण नभएकाले सर्वसाधारणको निक्षेप सुरक्षित छ ।’ आइतबार चिनियाँ ह्याकर समूहले राजधानीका विभिन्न ठाउँबाट रकम चोरी गरेपछि एटीएम सेवा अवरुद्ध भएको छ । प्रवक्ता निरौलाका अनुसार तत्कालका लागि नेप्समा आबद्ध बैंकका एटीएम कार्ड अरु बैंकका एटीएम मेसिनमा प्रयोग गर्न बन्द गरिएको छ । तर सोही बैंकको एटीएमबाट भने पैसा निकाल्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *