परराष्ट्रमन्त्री ज्ञवाली माल्दिभ्स प्रस्थान

डिसी नेपाल
१५ भदौ २०७६ १८:३८

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आइतबार माल्दिभ्स प्रस्थान गरेका छन् । भदौको १७ र १८ गते हुने चौथो हिन्द महासागर सम्मेलनमा सहभागी हुन उनी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माल्दिभ्सको राजधानी माले गएका हुन् ।

सम्मेलनमा विभिन्न ४० देशका देशका राष्ट्रप्रमुख, सरकारप्रमुख, परराष्ट्रमन्त्री, मन्त्री र कुटनीतिज्ञ सहभागी हुने कार्यक्रम छ । उक्त सम्मेलनमा यस वर्षको नारा ‘हिन्द महासागर क्षेत्रको सुरक्षा ः परम्परागत तथा आधुनिक चुनौती’ भन्ने रहेको छ ।

सम्मेलनलाई परराष्ट्रमन्त्री ज्ञवालीले भदौ १७ गते संबोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले माल्दिभ्सका परराष्ट्रमन्त्री अब्दुल्लाह शाहिदसँग भेट्ने कार्यक्रम रहेको छ । उनी भदौको १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *