आगामी तीनदिनसम्म मेघ गर्जन र चट्याङसहित वर्षा हुने

डिसी नेपाल
१६ भदौ २०७६ १५:१४

काठमाडौं। आगामी तीनदिनसम्म मेघ गर्जन र चट्याङसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार विहान प्रेस विज्ञप्ती जारी गर्दै महाशाखाले यस्तो जनाएको हो।

महाशाखाका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिण तर्फ रहेको छ। यस्तै देशका अधिकांस भू–भागमा सामान्य बदली भइरहेको छ।

यस्तो छ आगामी तीनदिनसम्मको दिउँसो र रातीको मौसम पूर्वानुमान:-

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र १६ गते (सोमबार)

दिउँसो- देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती- देशभरी सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा साथै पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

भाद्र १७ गते (मंगलबार)

दिउँसो- देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

रातीस् देशका अधिकांस स्थानहरुमा सामन्य देखि पूर्ण बदली रही पश्चिमका केहि स्थानहरुमा साथै मध्य तथा पुर्वका धेरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पुर्व र मध्यका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहन्छ।

भाद्र १८ गते (बुधबार)

दिउँसो- देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा साथै मध्य तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिम र मध्यका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहन्छ।

राती- देशभरी सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै मध्य तथा पुर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित वर्षाका साथै मध्यका एक दुई स्थानमा भारी वर्षाको सम्भावना हुने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *