एटीएम ह्याकिंग प्रकरण : तीन नेपाली र एक चिनियाँ पक्राउ

डिसी नेपाल
१६ भदौ २०७६ १६:४४

काठमाडौं। विभिन्न बैंकको एटिएम ह्याक गरेर पैसा चोरी प्रकरणमा प्रहरीले सोमबार थप ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले ३ नेपाली र एक फ्रेन्च मुलका चिनियाँ नागरिकलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार एटिएमबाट अनाधिकृत रुपमा निकालिएको नेपाली पैसा सटही गरेका तीनजना नेपालीहरु पनि प्रहरीको फन्दामा परेका हुन्।

उनका अनुसार पक्राउ पर्नेमा नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रहेका छन् । मनी एक्सचेन्जका सञ्चालकहरु देवनाथ लामा, रोशन श्रेष्ठ र रेवती दवाडीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चिनियाँ ह्याकरहरुले काठमाडौंको ठमेलमा रहेको ती दुई मनी एक्सचेन्जबाट २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ डलर लिएका थिए ।

स्रोत नखुलेको रकम साटेकाले अनुसन्धानका लागि पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी बोगटीले जानकारी दिए ।

पक्राउ पर्ने अर्का फ्रेन्च मुलका चिनियाँ नागरिक हुन्। प्रहरीले यो प्रकरणमा फरार रहेका अन्य दुई जनाको खोजी गरिरहेको जनाएको छ। शनिबार चिनियाँ ह्याकरले करिब डेढ करोड रुपैयाँ निकालेका थिए। प्रहरीले शनिबार राती ५जना चिनियाँ नागरिकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *