परराष्ट्रमन्त्री ज्ञवाली र उनका माल्दिभ्स समकक्षीबीच मालेमा भेटवार्ता
काठमाडौं। हिन्द महासागर सम्मेलनका लागि माल्दिभ्स भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उनका माल्दिभ्स समकक्षी अब्दुल्लाहा शाहिदबीच सोमबार द्विपक्षीय वार्ता भएको छ।
मालेमा भएको वार्ताका क्रममा दुई दक्षिण एसियाली मुलुकबीच सम्बन्ध नयाँ स्तरमा बढाउने विषयमा सफल कुराकानी भएको जनाइएको छ। माल्दिभ्स र नेपालबीचको मित्रता अझ प्रगाढ बनाउन वार्ताले सहयोग गरेको जनाइएको छ। यद्यपी उनीहरुबीच कुनै सम्झौतामा हस्ताक्षर भने भएन।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment