भारतद्वारा टेस्ट सिरिज ‘क्लीन स्वीप’, कप्तान कोहलीले बनाए अर्को रेकर्ड

डिसी नेपाल
१७ भदौ २०७६ ७:५८

एजेन्सी । भारतले वेस्ट इण्डिज विरूद्धको टेस्ट सिरिजमा जित निकालेको छ। जमैकाको सबीना पार्कमा खेलिएको दोश्रो टेस्टमा इण्डिजलाई २५७ रन अन्तरले हराउँदै उसले सिरिजमाथि कब्जा जमाएको हो।

यस जितमा भारतले हनुमा विहारीले नटआउट १११, कप्तान विराट कोहलीले ७६ तथा इशांत शर्माले ५७ रनको योगदानमा ४१६ रन बनाएको थियो।त्यसपछि जसप्रीत बुमराहको घातक बलिङमा वेस्ट इण्डिज पहिलो पारीमा नै ११७ रनमा समेटियो।

२९९ को बढोत्तरी हासिल गरेको भारतले त्यसपछि वेस्ट इण्डिजलाई फलोअन गर्न दिएन र पुनः ब्याटिङ गर्ने फैसला गर्दै ४ विकेटको नोक्सानीमा १६८ रन बनाउँदै पारी समाप्तीको घोषणा गर्‍यो र वेस्ट इण्डिजलाई ४६८ रनको लक्ष्य दियो। सो लक्ष्यको पछ्याउन आएको इण्डिज २१० रनमा अलआउट भयो। फलस्वरूप दुई टेस्टको सिरिजमा भारतले २–० ले कब्जा जमायो।

उक्त जितसँगै भारतीय कप्तान विराट कोहली टेस्ट क्रिकेटका सबैभन्दा सफल भारतीय कप्तान बनेका छन्।उनको कप्तानीमा हालसम्म कुल ४८ टेस्ट खेलिसकेको भारतले २८ टेस्ट म्याच जितेको छ। वेस्ट इण्डिजविरूद्धको अन्तिम टेस्ट जितेसँगै उनले सर्वाधिक टेस्ट जित्ने मामिलामा आफ्ना पूर्व कप्तान महेन्द्र सिंह धोनीसहितका पूर्वकप्तानलाई पछि पारेका हुन्।

धोनीको कप्तानीमा भारतले २७ पटक टेस्ट जितेको छ। यस्तै धोनी अघि यो उपलब्धी सौरभ गाँगुलीको नाममा थियो। उनको नेतृत्वमा ४९ टेस्ट खेलेको भारतले २१ टेस्टमा जित हासिल गरेको छ। भारतको वेस्ट इण्डिज विरूद्ध टेस्ट सिरिजमा लगातार आठौं जित हो। दोश्रो टेस्टमा जितेसँगै भारतले आईसिसी वर्ल्ड टेस्ट च्याम्पियनसिपमा ६० अंक जोडेको छ।

१२० अंक जोडिसकेको भारत यस च्याम्पियनसिपको पहिलो नम्बरमा पुगेको छ। यसअघि श्रीलंका र न्युजिल्याण्ड संयूक्तरूपमा पहिलो स्थानमा थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *