वीरगञ्जमा गोली चल्यो, एक जना पक्राउ

डिसी नेपाल
१८ भदौ २०७६ ८:३३

पर्सा । वीरगञ्जमा प्रहरीले गोली हानेर एक जनालाई पक्राउ गरेको छ। नियमित चेकजाँचका क्रममा प्रहरीलाई हतियार देखाई भाग्न खोज्नेलाई खुट्टामा गोली हानेर प्रहरीले पक्राउ गरेको हो।

वीरगञ्ज महानगरपालिका–१६ का स्थानीयवासी सन्तोष दासले हतियार देखाएपछि प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सोले जनाएको छ।

पक्राउ परेका दासको साथबाट एउटा पेस्तोल र १७ राउण्ड गोली पनि बरामद भएको छ। हाल घाईते दासको नारायणी अस्पताल वीरगञ्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *