भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो : वरिष्ठ नेता पौडेल

डिसी नेपाल
१८ भदौ २०७६ १२:०६

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार दुई तिहाईको दम्भ देखाउँदै अख्तियारलाई तर्साएर भ्रष्टाचारमा मुद्दा ढाकछोप गर्न लागेको आरोप लागएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा वरिष्ठ नेता पौडेलले सरकारले भ्रष्टचारीलाई जोगाउनका लागि अख्तियारलाई तर्साउने गरेको उल्लेख गरेका छन्। पौडेलले सरकारले दुई बर्ष बित्न लाग्दासमेत प्रदेशको राजधानी र नाम तोक्न नसकेकोमा पनि असंतुष्टि जनाएका छन्।

उनले अख्तियारलाई तर्साएर ठूला ठुला भ्रष्टाचारलाई जोगाउने काम गरेको र वाइडबडीजस्तो अर्बौंको भ्रष्टाचार काण्डलाई समेत ढोकछोप गर्न लागेको बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्– ‘यो सरकारले दुई बर्ष बित्न लाग्दासमेत प्रदेशको राजधानी र नाम तोक्न सकेको छैन , अख्तियारलाई तर्साएर ठूला ठुला भ्रष्टाचारलाई जोगाउने काम गरेको छ र वाइडबडीजस्तो अर्बौंको भ्रष्टाचार काण्डलाई समेत ढोकछोप गर्न लागेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *