उखु किसानले पाए ५२ करोड रुपैयाँ
विराटनगर । इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यसवर्ष एक लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको जनाएको छ। मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करीब तीन हजार उखु किसानबाट ११ लाख ७८ हजार ६२५ क्वीन्टल उखु खरीद गरेको थियो।
उखु किसानलाई मिलले प्रति क्वीन्टल रु ४४१.२८ का दरले रु ५२ करोड एक लाख तीन हजार ५४० भुक्तानी गरेको मिलका प्रबन्धक सुरेश मेहताले जानकारी दिए । गएको वर्षमा सरकारले रु ५०६.२८ प्रति क्वीन्टल मूल्य निर्धारण गरको थियो भने सरकारले प्रति क्वीन्टल रु ६५ व्यहोर्ने भनिएको थियो।
मिलबाट सबै किसानले उखुको भुक्तानी पाए पनि सरकारले व्यहोर्ने भनेको रकम रु सात करोड ६६ लाख १० हजार ६२५ भुक्तानी हुन बाँकी रहेको प्रबन्धक मेहताले जानकारी दिए। नगदेबालीको रुपमा रहेको उखु सुनसरी मोरङमा करीव पाँच हजार बिगाहा जग्गामा हुने गरेको छ भने यसवर्ष झापाबाट करीब १० हजार क्वीन्टल उखु मिलमा आएको बताइएको छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment