मेवाहाङ समाज बेलायतमा वार्षिक भेटघाट कार्यक्रम
लण्डन । सरेस्थित ग्याम्बललेन रिप्लेमा संसुवासभा जिल्लाको ताम्कु, माङतेवा, याफु र बालायाम्दाङ गाविसबाट बेलायत आइबसेका मेवाहाङ राईहरुले बार्षिक भेटघाट कार्यक्रम गरेका छन्।
कार्यक्रममा मेवाहाङ समाज बेलायतका अध्यक्ष ध्यान मेवाहाङ राईले हरेक बर्ष मनोरन्जनका साथ विभिन्न स्थानमा बार्षिक भेटघाट कार्यक्रम गरिने बताउँदै पूर्वी नेपालको मेवाहाङ राई जातिय पहिचानमा आधारित पुस्तक ‘उत्पति र आदिम बसाइँसराई’ अंग्रेजी मुल लेखक मार्टिन ग्याँन्सले लेखेका उक्त पुस्तकलाई नेपाली अनुवादक तारामणि राईलाई धन्यवाद ज्ञापन दिँदै मेवाहाङ राई या खोम्मा उपत्यका समितिले पठाएको पुस्तक वितरण गरिएको थियो।

मेवाहाङ राई याखोम्मा उपत्यका समितिद्वारा प्रकाशित मेवाहाङहरुको साझा सम्पती ‘उत्पति ऐतिहासिक’ र महत्वपूर्ण दस्तावेज प्रकाशन र ऐतिहासिक कार्य सफल गर्नकालागि बेलायत शाखा समितिका पदाधिकारीहरु लगायत स्वच्छ भावना र मन बचनले महत्वपूर्ण कार्यमा आर्थिक सहयोग गर्नु हुने मेवाहाङ राई तथा छोरी चेली ज्वाई, इस्ट मित्रहरु संम्पूर्णमा मेवाहाङ राई या-खोम्मा उपत्यका समितिका अध्यक्ष इन्द्रकुमारी राईले पठाएको ‘धन्यवाद-पत्र’ लाई अध्यक्ष ध्यानले वाचन गरेका थिए।
मेवाहाङ राई शव्दकोश, भाषा प्रारम्भिक व्याकरण र मुद्दुम कितावहरु शाखा वेलायतको कार्य समितिमा रहने गरी संघका उपाध्यक्ष सुर्य विक्रम मेवाहाङ राईले प्रदान गरेका थिए। कार्यक्रममा कार्यरत सचिवको उपस्थिति नभएको कारण उपाध्यक्ष सुर्य विक्रमले कार्यक्रम संन्चालन गरेका थिए। सचिवको व्यावहारिक परिवन्धका कारण संघमा काम गर्न समस्या भएका कारण नयाँ सचिब छान्न छलफल गर्दै संखुवासभा ताम्कु गाविसका विनोद राईलाई दिने निर्णय गरेका हुन्।

कार्यक्रमको अन्तिम चरणमा गंगा र लिला मेवाहाङले नेपाली सांगीतिक दुनियाँमा असाध्यै मन पराईएको युगल गीत ‘ए कान्छा, मलाइ सुनको तारा खसाई देउन। त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।’ बोलको गीतलाई संयुक्तरुपमा गाएर भरपुर मनोरञ्जन दिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment