हाम्रो स्वाभिमान ट्रस्टद्वारा  दिल्लीमा तीज कार्यक्रम

डिसी नेपाल
१९ भदौ २०७६ १२:३५

नयाँ दिल्ली । महिला दिदीबहिनीहरूको महान चाड हरितालिका तीजको अवसरमा सेप्टेम्बर १ तारिखका दिन दिल्लीको तालकटोरा स्टेडियममा हाम्रो स्वाभिमान ट्रस्टले छैटौँ तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली संस्कृतिलाई सम्मानका साथै जगेर्ना गर्नको लागि ट्रस्टले प्रत्येक वर्ष हरितालिका तीज, भानु जयन्ती जस्ता नेपाली विशेष महत्वका पर्वहरूलाई मनाउँदै आइरहेको छ।

भारतीय जनता पार्टी लोकसभा सांसद राजु विष्टको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । बिष्टले महिलाहरूलाई तीजको शुभकामना दिदैं भर्खरै भारत सरकारद्वारा असम राज्यमा जारी गरिएको राष्ट्रिय नागरिक दर्ता (एनआरसी) सुचीले कुनै नेपाली र गोर्खालीहरूलाई असर नपर्ने बताएका थिए। ‘दार्जी्िलङको छुट्टै राज्यको मुद्धा उठाएर संसदमा पुगेको छु आगामी पाँच वर्ष्भित्र यसको स्थायी समाधान निस्कनेछु,’ बिष्टले भने।

प्रवासमा कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धनमा ट्रस्टले अहम भूमिका खेल्दै आइरहेको राष्ट्रिय संयोजक अनिता क्षेत्री बताइन्।

कार्यक्रममा पूज्य स्वामी रामदेव जी महाराज र पूज्य आचार्य बालकृष्ण जी महाराजको सहभागी हुने भनिएता पनि विशेष कारणवश उनी सहभागी नभएको बताइएको छ।

कार्यक्रममा नेपाली कलाकार रामजी खाँड, सुनिता दुलाललगायत स्थानीय दर्जनौँ कलाकारहरूको बेजोड प्रस्तुति रहको थियो। कार्यक्रममा दिल्ली एनसीआरमा बस्ने करिव तीन हजार भन्दा बढी नेपालीहरूको सहभागिता रहेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *