दिल्लीमा प्रवासी नेपाली संघको तीज कार्यक्रम

डिसी नेपाल
१९ भदौ २०७६ १२:५५

नयाँ दिल्ली । प्रवासी नेपाली सघ भारत र अखिल भारत नेपाली एकता मंच सयुक्त ओखला नगर समितिले सोमबार ओखलास्थित तीज कार्यक्रम सम्पन्न गरेको छ।

सोमबारका दिन राजधानी दिल्ली तीजको लहरले तरङगित भएको छ। महिलाहरूको महान पर्व हरितालिका तीजको विशेष दिन हुनाले दिल्लीमा संघ संथाहरुद्वारा दर्जनौ कार्यक्रम अलगअलग ठाउँमा आयोजना गरिएको थियो।

प्रवासी नेपाली सघ भारत र अखिल भारत नेपाली एकता मंच सयुक्त ओखला नगर समितिले यो भन्दा पहिला पनि संयुक्तरुपमा कार्यक्रमहरू गर्दै आइरहेको छन्।

तीजको अवसर पारी आयोजना गरिएको कार्यक्रममा केही सदस्यहरूले पुर्व नेकपा एमाले समबद्द प्रवासी नेपाली संघ भारतमा प्रवेश समेत गरेका थिए।

तीजको अवसर पारी आयोजना गरिएको विशेष कार्यक्रममा प्रवासी नेपाली संघ भारत केन्द्रिय सचिवालय सदस्य अशोक थापाको विशेष पहल र अगुवाईमा सदस्यलाई प्रवेश गराइएको थियो।

अखिल भारत नेपाली एकता मंच केन्द्रिय कोष प्रमुख ज्ञान बहादुर केसी, अखिल भारत नेपाली एकता मंच केन्द्रिय सदस्य अर्जुन दयाल, मानु श्रेष्ठ, नगर अध्यक्षहरू एन बि थापा, शंकर शर्मा, सचिव शान्ति शर्मा, सदस्य अमृता थापा र राज्य सदस्य नरेश बोहरालगायतले अबिर र दोसल्ला ओढाएर सम्मानसहित संघमा प्रवेश गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *