यात्रुले भरिएको डिब्बालाई छोडेर रेलको इन्जिनमात्र गुडेपछि…
एजेन्सी। भारतको आन्ध्र प्रदेशस्थित विशाखापत्तनममा भन्ने ठाउँमा केही हप्ताअघि एउटा अचम्मको घट्ना घट्यो। भारतीय संचारमाध्यम आजतकमा प्रकाशन गरिएको समाचारका अनुसार सो ठाउँमा चल्ने एउटा रेल बिना डब्बा १० किलोमिटर सम्म चलिरह्यो।
यो घटना गत अगस्ट महिनाको १९ तारिखमा भएको हो। उक्त रेलको डिब्बामा यात्रुहरु पनि सवार थिए। तर टाढासम्म रेल चल्दा पनि यात्रुहरुलाई भने यसबारे कुनै जानकारी थिएन। उनीहरु डिब्बाभित्रै थिए तर कुनै हलचल थिएन्। इन्जिन मात्रै अगाडि गएको थियो।
पछि रेलमा कुनै हलचल नभएपछि यात्रुहरुले नै चेकजाँच गर्दा रेलमा इन्जिन नै नभएको र पछि उनीहरुले सम्बन्धित निकायमा यसबारे जानकारी दिएको जनाइएको छ।
यद्यपी यसबारे रेलवे संचालकका कर्मचारीहरुले रेलका ड्राइभरलाई सोध्दा चालकले पनि आफूलाई थाहा नभएको र अचम्ममा परेको बताएको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment