काका, बाबुको नेतृत्वमा उपभोक्ता समिति बनाउने जनप्रतिनिधिहरुमाथि कडारुपमा प्रस्तुत हुने संघीय मामिला मन्त्रीको चेतावनी

डिसी नेपाल
१९ भदौ २०७६ २३:२४

सप्तरी। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय, प्रादेशिक, सङ्घीय सरकारले देशलाई समृद्ध बनाउँदै नयाँ पहिचान कायम गर्न सफल भइरहेको बताएका छन्।

सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा बिहीबार आयोजित बालमैत्री नगर घोषणामा दुई छिमेकी देशको बीचमा रहेर नेपालले आर्थिक क्षेत्रमा फड्को मारिरहेको बताउँदै उनले देशमा सङ्घीयता कार्यान्वयनमा आए पनि प्रारम्भिक चरणमै रहेको बताए।

सङ्घीय सरकारमार्फत तराई मधेश समृद्धि कार्यक्रम आफैले ल्याउन लगाएको दाबी गर्दैै मन्त्री पण्डितले कागजमै सीमित हुने योजनाको अब सूक्ष्म ढङ्गले छानबिन गरिनेसमेत बताए। स्थानीय तहमा उपभोक्ता समिति र ठेकेदारबाट भइरहेको विकास निर्माणका योजनाको छानबिनका लागि अख्तियारलाई जिम्मा दिइएको बताउँदै उनले काका, भतिजा, दाजु भाइको नेतृत्वमा उपभोक्ता समिति बनाउने र काम गर्ने जनप्रतिनिधिविरुद्ध सरकार कठोररुपमा प्रस्तुत हुने पनि बताए।

“अहिले गलत काम गर्नेलाई थुनेर अख्तियारको कोठा भरिभराउ बनेको छ”, मन्त्री पण्डितले भने, “भ्रष्टाचारी पक्रिन रोकिने छैन । उनीहरुलाई थुन्नका लागि ठूलाठूला हल बनाउन पनि हामी तयार छौँ ।” उनले गलत गर्ने जनप्रतिनिधि वा राष्ट्रसेवक कसैलाई नछाड्ने बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *