सिटी एक्सप्रेस कनेक्ट आईपिएसमा आवद्ध
काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ हाउसबीच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ। उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट हुने बताइएको छ।
सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु Connect IPS e-Payment मार्फत real-time र NCHL-IPS मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ। यस अनुरुप अव बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने जनाइएको छ।
सो सम्झौता पत्रमा नेपाल क्लियरिङ हाउसकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटी एक्सप्रेस मनी ट्रान्सफरकातर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका छन्।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टबाट ७००० भन्दा बढी नेपालको एजेन्टमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment