यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५ विकेटले पराजित

डिसी नेपाल
२० भदौ २०७६ १७:२५

काठमाडौं। यू–१९ एसिया कप अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग ५ विकेटको पराजय व्यहोरेको छ । कोलम्बोको आर प्रेमदास स्टेडियममा भएको खेलमा नेपालले दिएको १५९ रनको लक्ष्य श्रीलंकाले ५ विकेटको क्षतिमा ५० बल बाँकी छँदै भेट्टायो ।

श्रीलंकालाई जीत दिलाउने क्रममा श्रीलंकाका कामिल मिश्राले ५५ रन बनाए । आहान विक्रमासिंघेले ३०, आविष्का थरिन्डुले २५ निपुन धनंजयले १८ रन बनाए । नेपालको लागि राशिद खानले २, पवन शर्राफ र सागर ढकालले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले श्रीलंकालाई ४२ ओभरमा १६० रनको लक्ष्य दिएको थियो । आजको खेलमा नेपालको इनिङ चलिरहँदा वर्षाले खेल प्रभावित भएपछि ५० ओभरको खेललाई ४२ ओभरमा झारिएको थियो । नेपालले ९ ओभरको खेल सकिँदा ४३ रन बनाएर २ विकेट गुमाउँदा वर्षाले रोकिएको थियो।

नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै १५९ रन बनाएको हो । नेपालका लागि ओपनर रित गौतमले अर्धशतकीय पारी खेले । उनले ५४ रन बनाए । कप्तान रोहित पौडेलले ४७ रनको योगदान दिए । राशिद खानले १५ र हरि बहादुर चौहानले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर गर्न सकेनन् । श्रीलंकाका लागि नावोद दिनुश्री र दिलशान मधुशंकाले ३–३ विकेट लिए । रोहन संजय सिल्भा र शासियान डेनियलले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *