रुसमा एक नेपाली युवा लुटेराबाट मारिए

डिसी नेपाल
२० भदौ २०७६ १७:४८

मस्को । रुसमा एकजना नेपाली युवाको हत्या भएको छ। कपिलवस्तुका धुब्रकुमार अहिरका छोरा राजकुमार यादव गएको मंगलबार बिहान करिव साढे दुई बजे हत्या भएको हो।

उनी सो समयमा मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा अज्ञात लुटेराहरूले हातपात गरी मरणासन्न हुने गरी छोडेका थिए। उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको र आक्रमणकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी र रसियन सरकारी वकीलले एनआरएनए एनसीसीका प्रतिनिधिहरुलाई जानकारी दिएका छन्।

मृतकको परिवारसंग सम्पर्क भै सकेको छ। अब कानुनी प्रक्रिया अनुसार सम्बन्धित निकायसंग छलफल गरी मृतकको शवलाई नेपाल पठाउने तयारी भइरहेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *