भीमफेदीमा टाटा सुमो दुर्घटना, ३ जनाको निधन

डिसी नेपाल
२० भदौ २०७६ १८:५२

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको चिसापानीमा शुक्रबार टाटा सुमो दुर्घटना भएको छ। घटनामा एब बालकसहित तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। एक १० महिने नाबालिका मृत्यु भएको प्रहरीले जनाएको छ।

सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ३६४० नम्बरको टाटा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

घटनामा अन्य ८ जना घायते भएका छन् । मृत्यु हुनेमा रामेछाप जिल्ला रजन गाउँपालिकाकी १० महिने बालिका समरागी माझी, महोत्तरी माईस्थान–६ का ७० बर्षीय बिरसिंह वाईवा, सर्लाही बरहथवा नगरपालिका–३ का ६० बर्षीय महेन्द्र सहनी रहेको प्रहरीले जनाएको छ।

तीनै जनाको उपचारका क्रममा मृत्यु भएको हो।वाईवा र सहनीको हेटौंडा अस्पतालमा तथा १० वर्षिया बालिका समरागीको चुरेहील अस्पतालमा मृत्यु भएको हो। मृतक बालिकाकी आमा सविता माझीसँगै घाइते भएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *