नेपालगञ्जले बेवारिसे छोडेको गाईको सुर्खेतमा उपचार

डिसी नेपाल
२० भदौ २०७६ २१:२२

सुर्खेत। नेपालगञ्ज उपमहानगरपालिकाबाट ल्याई सुर्खेतमा बेवारिसे छोडिएका घाइते गाई–गोरुको वीरेन्द्रनगर नगरपालिकाले उपचार गरेको छ ।

नगरपालिकाका वातावरण तथा विपद् न्यूनिकरण उपशाखाका प्रमुख यामलाल गिरीका अनुसार नगरपालिकाले ४२ घाईते गाई–गोरुको उपचार गरेको हो । ति मध्ये दुई गाई–गोरुको उपचारका क्रममा मृत्यु भएको छ । उपचारमा पशु सेवा उपशाखाले सहयोग गरेको हो । मरेका गाई–गोरुको व्यवस्थापन गर्न रु एक लाखभन्दा बढी खर्च भएको गिरीले बताए।

बेवारिसे छाडिएका २२६ गाई–गोरु आजसम्म नेपालगञ्ज पठाइएको छ । “बेवारिसे गाई–गोरुको व्यवस्थापन गरिरहेका छौँ”, उनले भने। नगरपालिकाका अनुसार हालसम्म ३८ गाई–गोरुको मृत्यु भएको छ । गत साता नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखको श्रीस्थान लैजाने भन्दै ल्याइएका २९१ गाई–गोरुमध्ये केही सुर्खेतको ब्यूरेनी, सुब्बाकुना र कटकुवामाा बेवारिसे अवस्थामा फेला परेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *