प्रधानसेनापति र बङ्गलादेशका मन्त्रीबीच भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र बङ्गलादेशका राज्यमन्त्री डा. एमडी इनामोर रहमानलगायतको ११ जनाको उच्च अधिकारीहरुको टोलीबीच भेटवार्ता भएको छ।
जङ्गी अड्डामा आज भएको भेटवार्तामा प्रधानसेनापति थापा र मन्त्री रहमानबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
उच्चपदस्थ पदाधिकारीहरुको यस किसिमको भेटवार्ताबाट दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्धले थप उचाइ लिने विश्वास नेपाली सेनाले लिएको छ। रासस
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment