राजधानीबाट पेस्तोलसहित ७ जना पक्राउ

डिसी नेपाल
२१ भदौ २०७६ १७:४५

काठमाडौं। प्रहरीले राजधानी काठमाडौंबाट शनिबार पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको छ। प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले २ थान पेस्तोलसहित ७ जना पक्राउ परेको जानकारी दिए।

उनले पक्राउ परेकाहरु आपाराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुमान गरिएको बताए ।

अनुसन्धान जारी रहेको भन्दै उनले यसबारे थप जानकारी अनुसन्धानपछिमात्र खुल्ने बताए ।

राजधानी काठमाडौंको माछापोखरी क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्ने सबै किशोर रहेको छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *