विद्युतीय श्रोत केन्द्र साहित्य सागर वेव साइटको लोकार्पण

डिसी नेपाल
२१ भदौ २०७६ १८:२८

क्यालिफोर्निया। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय सवन्वय परिषदको प्रथम अन्तर्राष्ट्रिय भाषा तथा साहित्य सम्मेलनको एक भव्य समारोहका बीच नेपाली भाषा र साहित्य सम्बन्धी विध्युतीय श्रोत केन्द्रको रुपमा साहित्यसागर डट नेट www.sahityasagar.net  वेव साइटको लोकार्पण भएको छ।

अध्ययन गर्ने विद्यार्थीहरु र अनुसन्धाताहरुका लागि अत्यन्त उपयोगी र सर्वसाधरणलाई पनि उत्तिकै फाईदाजनक सो वेव साइटको नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति गंगा प्रसाद उप्रेती, काब्य विभागका प्रमुख डा हेमनाथ पौडेल, एनआरएनए आईसीसी उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएनए आईसीसी अमेरिकाजका क्षेत्रीय सँयोजक गौरी जोशी, एनआरएनए अतर्राण्ष्ट्रिय सवन्वय परिषदका कोषाध्यक्ष तथा सोही संस्थाका नेपाली भाषा साहित्य उपसमितिका सल्लाहकार हिक्मत थापा तथा सो कार्यक्रमका सभापति तथा NRNA ICC भाषा साहित्य उपसमितिका सँयोजक गोविन्द प्रसाद गौतमले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

यो वेव साइट ल्च्ल्ब् क्ष्ऋऋ नेपाली भाषा तथा साहित्य उप समितिका सदस्य मणी नेपाली पनेरुले समितिको मार्ग दर्शन, प्रेरणा र सहयोगबाट आफ्नै खर्चमा स्थापित गरेका हुन्।

लोकार्पण गर्नु पूर्व सो वेव साइटको मर्म, उपादेयता तथा प्रयोग गर्ने तरिका बारेमा वेव साइट संचालक मणी नेपाली पनेरुले जानकारी दिएका थिए। सो वेव साइटलाई नेपाली भाषा, नेपाली साहित्य नेपाली सर्जकहरु तथा भाषा तथा साहित्य सम्बन्धि श्रोत सामाग्री तथा लिन्क राख्नुका साथसाथै नेपाली साहित्यसँग अन्योन्याश्रित सम्वन्ध भएको अंग्रेजी भाषा र हिन्दी भाषा साहित्यको समेत उपयोगी लिन्कहरु राखिएका छन्।

सो वेब साइटमा, साहित्यिक गतिविधिका प्रतिवेदन तथा समाचारहरु, फोटो, भिडियो, वाल पृष्‍ठ, नारी पृष्‍ठ, व्यवसाय पृष्‍ठ, क्लासिफाइड पृष्‍ठ तथा ब्लग रहने छन्। सो वेव साइटले बर्ष भरी प्रकाशित हुने वाल साहित्य का वाल लेखकहरु मध्य सर्वोत्कृष्ट वालकलाई पुरस्कृत गरिने छ।

सो वेव साइटमा प्रकासित गर्ने, वाल बालिका लगायत सम्पूर्ण विधाका लेखकहरुमा रचनाहरु पठाउन र नेपाली भाषा र साहित्य सम्बन्धि कुनै पनि गतिविधि वा यु ट्युब भिडियोका लिन्कहरु पठाउन आवहान गरिएको छ।

प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलनमा एनआरएनए आईसीसी र एनसिसि अमेरिका तथा क्यानडाका पदाधिकारीहरु र बिभिन्न देशहरुबाट कविहरु सहभागी थिए भने अन्य महत्वपूर्ण व्यक्तितहरुको गरिमामय सहभागीता थियो।

पहिलो दिनको सभापतित्व एनआरएनए मासाच्युसेटसका अध्यक्ष प्रेम तामाङ र दोश्रो दिनको सभापतित्व नेपाली भाषा साहित्य उपसमितिकाका सँयोजक गोविन्द प्रसाद गौतमले गरेका थिए। दुबै दिनका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति डा गंगा प्रसाद उप्रेती थिए।

मुख्य कार्यक्रमका संचालन सो कार्यक्रमका प्रचार संयोजक तथा एनआरएनए एनसिसि युएसका उपाध्यक्ष सर्वज्ञ वाग्लेले गरेका थिए। औपचारिक कार्यक्रम २ दिन भए पनि कार्यक्रमको पूर्व सन्ध्यामा परिचय कार्यक्रम तथा रात्री भोज, साँकृतिक कार्यक्रम, र कार्यक्रमको भोलिपल्ट महत्वपूर्ण अतिथिहरुको लागि ऐतिहासिक बोस्टन शहरको दृष्‍यावलोकन गराईएको थियो। कार्यक्रम न्यु इङ्ल्यान्ड निवासी नेपालीहरुको अथक प्रयासमा किनिएको आफ्नै कम्युनिटी सेन्टर भवनमा सम्पन्न भएको थियो। कार्यक्रम भव्य, सभ्य र ऐतिहासिक भएको सहभागीहरुले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *