तस्करी गरेर चीन पुर्याइन्छ गाई

डिसी नेपाल
२२ भदौ २०७६ २१:५२

नु्वाकोट। अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै गर्दा गाईसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

बट्टारबाट किस्पाङ गाउँपालिका–३ काउलेका ३६ वर्षीय राज तामाङ र ५४ वर्षीय आइत तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ११ वटा गाईसमेत नियन्त्रणमा लिएको छ । बट्टारमा शनिबार एक गाई खाल्डोमा खसेर अड्किएको अवस्थामा नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरेका थिए भने एक गाई मृत फेला परेको थियो ।

पक्राउ परेकाले गाई पाल्नको लागि लैजान लागेको दाबी गरेको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा राखेको गाई आज काठमाडौँमा रहेको गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थाको जिम्मामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *