इराक कुर्दिस्तानमा तीज कार्यक्रम सम्पन्न
कुर्दिस्तान। प्रवासमा रहेर पनि नेपालीको संस्कृतिलाई जगेर्ना गर्दै प्रवासमा रहेका नेपालीहरूको मनोरञ्जन र एकआपसमा भेटघाट गराई सुख दुख साट्ने अवसर जुटाई नेपाली महिला समाज कुर्दिस्तानले २०७६ सालको हरितालिका तीजको दर खुवाउने कार्यक्रम सुलेमानीस्थित प्यालस होटलमा सम्पन्न गरेको छ।
कार्यक्रम नेपाली रेस्टुरेन्टका संचालक आर्यन मोक्तान, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी,प्रवासी एकता समाज इर्बिल हिमालयन शेर्पा युमिक ग्रुप,नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक, प्रवासी कलाकार ग्रुप र सिटी एक्सप्रेस मनिट्रान्सफर इराकका प्रतिनिधिहरूको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाली चेलीबेटीको उपस्थिति निकै बाक्लो थियो। सबैले तिजको गीतमा कम्मर मर्काएर रमाइलो गरेको झलक प्रस्ट देखिन्थ्यो।
कार्यक्रमको संयोजक समाजका सदस्य फुर्किमा शेर्पाले गरेका थिए। औपचारिक कार्यक्रम समाजका महासचिव निमा डोल्मा शेर्पाको सञ्चालन तथा अध्यक्ष सानू शेर्पाको सभापतित्वमा सम्पन्न भएको थियो।

No ads found for this position

डिसी नेपाल
Facebook Comment