डा. सन्दुक रुइत, छोरी र भाञ्जी डेंगु संक्रमित

डिसी नेपाल
२३ भदौ २०७६ १२:२१

काठमाडौं। वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको परिवारका सदस्यहरु डेंगु पीडित भएको जनाइएको छ। डा. रुइत र उनका एक छोरी र भाञ्जीमा डेंगुको संक्रमण देखिएको उनको परिवार निकट स्रोतले जनाएको छ।

उनीहरुको राजधानीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। यद्यपी अस्पतालले भने यो विषयमा कुनै औपचारिक जानकारी दिएको छैन ।

स्रोतका अनुसार तिलगंगा आँखा अस्पतालका निर्देशक डा. रुइत विगत एक हप्तादेखि अस्पताल आएका छैनन्। स्रोतका अनुसार अस्पतालले उनीहरुलाई मंगलबार डिस्चार्ज गर्ने दावी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *