डा. सन्दुक रुइत, छोरी र भाञ्जी डेंगु संक्रमित
काठमाडौं। वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको परिवारका सदस्यहरु डेंगु पीडित भएको जनाइएको छ। डा. रुइत र उनका एक छोरी र भाञ्जीमा डेंगुको संक्रमण देखिएको उनको परिवार निकट स्रोतले जनाएको छ।
उनीहरुको राजधानीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। यद्यपी अस्पतालले भने यो विषयमा कुनै औपचारिक जानकारी दिएको छैन ।
स्रोतका अनुसार तिलगंगा आँखा अस्पतालका निर्देशक डा. रुइत विगत एक हप्तादेखि अस्पताल आएका छैनन्। स्रोतका अनुसार अस्पतालले उनीहरुलाई मंगलबार डिस्चार्ज गर्ने दावी गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment