नेपाली समाज युएईको नेतृत्वमा गोविन्द ढकाल विजयी
युएई। नेपाली समाज युएईको नेतृत्वमा गोविन्द ढकाल निर्वाचित भएका छन्। गत शुक्रबार दुबईमा भएको समाजको १४ औं अधिवेशनबाट प्रतिस्पर्धी मणि प्रसाद भुर्तेललाई हराउँदै ढकाल अध्यक्षमा विजयी भएका हुन्।
नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा कमल गिरि र गणेश न्यौपाने, महासचिवमा वेद प्रसाद अर्याल निर्वाचित भएका छन्।
यसैगरी पार्षद् अध्यक्षमा राम मोक्तान, कोषाध्यक्ष दिपक राउत, सदस्यहरूमा भीम सुनार, नारायण प्रसाद ढकाल र नारायण बहादुर बोहोरा निर्विरोध निर्वाचित भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment