सत्य घटनामा आधारित गीत ‘जालमा फसायौ २’ सार्वजनिक (भिडियो सहित)

डिसी नेपाल
२३ भदौ २०७६ १७:०३

काठमाडौं । वास्तविक घटनामा आधारित लोकदोहोरी गीत ‘जालमा फसायौको भाग २’ सार्वजनिक भएको छ।

नेपाली युवा विदेशी भूमिमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो भने, भाग २ मा आफन्त (ज्वाँई) गुमाउँदा माईती पक्ष (आमाबुबा, दाजुभाउजु) लाई पर्न गएको बेदनालाई समेटिएको डि ए आर मुभिजका राजाराम गौतमले बताए।

‘जालमा फसायौ २’ गीतबाट भएको कमाई/रकम सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नं ५ एसेलुखर्कमा रहेको, मिना थापाले सञ्चालन गरेको मदर सिस्टर नेपाल बालगृहलाई दिने गौतमले जानकारी दिए। बालगृहमा विनाशकारी भूकम्पबाट आफ्ना अभिभावक गुमाएका २७ जना बालबालिकाले संरक्षण पाईरहेका छन् ।

‘जालमा फसायौ २’ मा स्वर बिमाकुमारी दुरा, गीतादेवी, पार्वती कार्की, प्रभावन जे र भुवन प्रकाश बडुको रहेको छ। गीतको परिकल्पना तथा निर्देशन प्रभावन जेको रहेको म्युजिक भिडियोमा वरिष्ठ कलाकार रमा थपलिया, भुवन प्रकाश बडु, पार्वती कार्की, सानु पाण्डे, पुष्प अवस्थी, दामोदर गौतम, सरोज दाहाल र सहयोगी कलाकारको रुपमा पुजा पाठक, राम प्रसाद न्यौपानेले अभिनय गरेका छन्।

प्रभावन जेको लय, शब्द तथा संगीत संयोजन रहेको गीतको ध्वनी सम्पादन मनोज डंगोल, एरेन्ज भुवन प्रकाश बडु र जीवन बडुले गरेका छन् भने बिग परिवेश स्टुडियोमा गीत रेर्कड गरिएको हो।
व्यवस्थापन विवेक चौलागाई, श्रृगार शर्मिला सुनार, व्यवस्थापन सहायक कृष्ण गौतम र गोकुल दंगालले गरेका छन्।

काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकीय नगरी धुलिखेल र रोशी गाउँपालिकामा छायाँकन गरिएको म्युजिक भिडियोमा ड्रोन/क्यामेरा रोनिश तामाङ, कला राजाराम गौतम, सहायक निर्देशन/सम्पादन नविन भट्टको रहेको छ भने परिकल्पना तथा निर्देशन प्रभावन जेको रहेको छ।

६ महिना बढी पूर्व तयारी गरी ४ दिन लगाएर सुटिङ गरिएको गीत २६ मिनेटको रहेको डिएआर मुभिजका राजाराम गौतमले जानकारी दिए।

भिडियो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *