बसमा यौन दुर्व्यवहार गरेपछि पूर्व सांसद घिसिङ पक्राउ

डिसी नेपाल
२३ भदौ २०७६ १९:३४

काठमाडौं। सार्वजनिक बसमा यात्रा गरिरहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन्।

ललितपुरको भैंसपाटीबाट काठमाडौं रत्नपार्कका लागि छुटेको बसमा पूर्व सांसद घिसिङले बसमा यात्रा गरिरहेकी एक युवतीलाई दुर्व्यवहार गरेका थिए।

युवतीको उजुरीका आधारमा सोमा ललितपुर प्रहरीले उनलाई पक्राउ गरेको हो। ललितपुर प्रहरीका एकजना अधिकारीले पक्राउ परेका घिसिङ प्रहरी हिरासतमा रहेको जानकारी दिए। उनले घटनाबारे अनुसन्धान जारी रहेको डिसी नेपाललाई बताए। घिसिङ तत्कालीन माओवादी केन्द्रबाट सामानुपातिक सांसद बनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *