विप्लव समूहका जिल्ला इन्चार्ज नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

डिसी नेपाल
२४ भदौ २०७६ ७:२९

काठमाडाैं। विप्लव समूह परित्याग गरी रामेछाप र सिन्धुपाल्चोकका जिल्ला इन्चार्जहरु क्रमशः यादव ढुंगेल ‘जमिन’ र गोपाल श्रेष्ठ ‘प्रयास’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

सोमबार साँझ खुमलटारमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश कार्यक्रममा विप्लव समूहका काभ्रे जिल्लाका जिल्ला समिति सदस्य राजकुमार बुढाथोकी पनि नेकपा प्रवेश गरेका छन्।

नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेकपा सबै परिवर्तनकारी क्रान्तिकारीहरुको पार्टी भएको बताए। उनले भने, ‘समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै क्रान्तिकारी परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्छ।’

नवप्रवेशीहरुले अध्यक्ष प्रचण्डको नेतृत्वबाट नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै समाजवाद निर्माणको अभियानमा उनकै नेतृत्वमा आफूहरु समाहित हुन मूलथलोमै फर्किएको बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *