पोर्चुगलमा जिपी कोइराला फाउण्डेशन गठन

पोर्चुगल । प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित जिपी कोइराला फाउण्डेशनको शाखा पोर्चुगलमा गठन गरिएको छ।

राजधानी लिस्बनमा आयोजित एक कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्चुगलका पूर्वउपाध्यक्ष सुशील शर्मा गैरेको संयोजकत्वमा नौ सदस्यीय जिपी कोइराला फाउण्डेशन गठन गरिएको हो।

एक सय ६औँ बिपी जयन्तीका अवसरमा पारेर आयोजित कार्यक्रममा नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष नारायण अर्यालले नवगठित समितिको घोषणा गरेका थिए।

समितिको सहसंयोजकमा युवराज पन्थी रहेका छन् भने सचिवमा सीता बराल रहेकी छन्। समितिको सदस्यहरुमा प्रमोद पोखरेल, विष्णु सापकोटा, जीवन सुवेदी, टेक खत्रीलगायत रहेका छन्। बाँकी दुई सदस्य पछि मनोनीत गरिने समितिले जनाएको छ।

समितिको सल्लाहकारमा जनसम्पर्क समिति पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्ष रमेश गुरुङ र कुबेर कार्की, जनसम्पर्क समितिका अध्यक्ष विनोद घिमिरे, नेपाली काङ्ग्रेस महासमिति सदस्य चीजकुमार तामाङ, महाधिवेशन प्रतिनिधि सुरेन्द्र अम्गाईं र पत्रकार नारायण अर्याल रहेका छन्।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो