भव्य रुपमा आयोजना हुँदै दिल्लीमा ‘सैन्डाडा मेला महोत्सब’
काठमाडौं। भारतको राजधानी दिल्लीमा सैन्डाडा मेला महोत्सब आयोजना हुने भएको छ।
सुदूरपश्चिमको बझाङ्ग जिल्लामा परापूर्व कालदेखिकै चल्दै आएको मेला यसपटक दिल्लीमा पनि हुने भएको छ।
सुदूरपश्चिमेली नेपाली समाज भारत (पालम एरिया समिति)ले आयोजना गर्न लागेको सो महोत्सवमा नेपाली कलाकारसहित भारतका केही व्यक्तिहरुलाई आमन्त्रण गरिएको सुदूरपश्चिमेली समाज भारतका सभापति राजेन्द्र रोकायाले जानकारी दिए।
हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज, गौरा तथा बझाङ्ग खप्तड सैन्डाडा मेला महोत्सब २०१९ एकै पटक गर्ने बताईएको छ। महोत्सबमा कलाकारहरु निर्मला कार्की, राम साउद, हर्कसिं ठकुरी, प्रीति क्षेत्री, सुनिता देबी, दिनेश चट्टान भण्डारी, नारायण बोहरालाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ।

त्यस्तै श्रीष्टी अधिकारी, बासुदेब जोशी, हरिषचन्द कठायत, पारस भण्डारी, मेनका परियार र प्यूठानी बाजे (दिपक थापा)लाई आमन्त्रण गरिएको सभापति रोकायाले जानकारी दिए।
शनिवारका दिन दिल्लीको पालम मेट्रो स्टेशन नजिक पकौडा पार्क नेहा ग्रिन गार्डेन, मेन नसीरपुर रोड ४५मा आयोजना हुने सो महोत्सब बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment