काङ्ग्रेसलाई जिताउन सभापति देउवाको आग्रह

डिसी नेपाल
२५ भदौ २०७६ २३:५०

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विकासका काममा काङ्ग्रेस सदैव अग्रसर रहेकाले आउँदो उपनिर्वाचनमा आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन्।

सुनसरीको धरान उपमहानगरपालिकामा बिपी चिन्तन प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सभपाति देउवाले देशभरी काङ्ग्रेसले जितेका नगर र गाउँपालिकामा विकासको लहर देखिएकाले धरानमा पनि काङ्ग्रेसले जित्नुपर्नेमा जोड दिए।

उनले राणाशासन र पञ्चायतजस्ता एकदलीय निरङकुशताका विरुद्ध विगतमा नेपाली काङग्रेसले लडेको स्मरण गराउँदै आफ्नो पार्टी सङ्घीयता र लोकतन्त्रका पक्षमा सदैव लागिरहने र कसैसँग सम्झौता समेत नगर्ने धारणा व्यक्त गरे।

सभापति देउवाले जनताको बोल्न र लेख्न पाउने अधिकारलाई कहि कतैबाट कुण्ठित गर्न नहुने चर्चा गर्दै काङग्रेस सदैव स्वतन्त्रता र जनताको अधिकारका पक्षमा रहनेसमेत स्पष्ट गरे।

पार्टीका उपसभपाति विजयकुमार गच्छादारले पार्टीभित्र एकता कायम गरी आउँदो निर्वाचनमा काङ्ग्रेसका पक्षमा जनमत सिर्जना गर्न आग्रह गरे।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *