भाषा सम्बन्धि सरकारको तथ्यांक नै सही छैन : उपकुलपति गुरुङ

डिसी नेपाल
२६ भदौ २०७६ १६:३३

काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति जगमान गुरुङले भाषा सम्बन्धि सरकारको तथ्यांक सही नभएको दावी गरेका छन्।

उपकूलपति गुरुङले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गर्दै आएको भाषा सम्बन्धि तथ्यांक मिथ्यांकको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने बताए।

बिहीबार केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तयारीको सन्दर्भमा आयोजना गरेको ‘भाषा तथा जातजाति’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भाषा शास्त्रीहरुले समेत भाषा सम्बन्धि तथ्यांकलाई मिथ्यांक बनाउने समस्या रहेको पनि टिप्पणी गरे।

उपकूलपति गुरुङले भाषा तथा जातजाति सम्बन्धि तथ्यांक निर्माण गर्दा समुदाय फरक भएपनि उनीहरुको भाषा एउटै हुने गरेकाले सोही अनुसारको तथ्यांक निर्माण गर्न पनि केन्द्रीय तथ्यांक विभागको ध्यानाकर्षण गराए।

केन्द्रीय तथ्यांक विभागले भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तरता दिएको हो । विज्ञहरुको सुझावलाई समेत ध्यानमा राखेर भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न सो सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *