प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्न संघीय सरकारसंग माग

डिसी नेपाल
२७ भदौ २०७६ १८:०३

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन्।

मुख्यमन्त्री शाहीले कर्मचारी समायोजनको काम तीन वटै तहमा भएपनि अपुग कर्मचारीलाई पूर्णता दिन सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पारे। उनले संघीय सरकारले प्रदेश र स्थानीय तह नभएजस्तो व्यवहार गरिरहेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तीन वटै तहको सरकार भएकाले उनीहरुबीचको बलियो सहकार्यमा मात्रै मुलुकलाई सहज ढंगले अघि बढाउन सकिने बताए।

मुख्यमन्त्री शाहीले तीन वटै तहको प्रशासनिक संरचना निर्माणको कामलाई छिटो पूर्णता दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *