आदर्श नेपाली समाजको कार्य समिति पुनर्गठन, अध्यक्षमा तोया पौड्याल

डिसी नेपाल
२७ भदौ २०७६ २१:०९

वाशिंगटन डिसी। भर्जिनियामा ३ वर्ष अघि स्थापित आदर्श नेपाली समाजको अध्यक्षमा सर्वसम्मतरुपमा हर्नडन निवासी तोया पौड्याल निर्नाचित भएका छन्।

यस्तै उपाध्यक्ष मोहन उप्रेती, सचिव चिरञ्जिवी लामिछाने, कोषाध्यक्ष सुशिला खनाल, उपसचिव रूद्र ढुंगेल र कार्यसमिति सदस्यहरुमा विमल आचार्य, अर्जुन सिग्देल, बसन्त पौडेल, सम्झना अर्याल घिमिरे, सरला भण्डारी र भूमा खरेल चयन भएका छन्।

सल्लाहकारहरुमा परशुराम भण्डारी, डा. मदन उप्रेती, गुणराज लुइँटेल, गोविन्द सुवेदी, ठाकुर ढकाल, प्रदीप ढकाल, राजेन्द्र खनाल, बिना गेलाल, नारायण पौडेल, सुदीपभद्र खनाल, बन्नी प्रधान र कृष्ण खनाल रहेका छन्।

यसैगरी सो समाजले संचालन गर्दै आएको नेपाली स्कूल संचालन गर्नका लागि आरती सिग्देलको संयोजकत्वमा सरला भण्डारी, सुशिला भण्डारी, सरला कार्की, हरि पौडेल, दुर्गा पौडेल, सुमित श्रे़ष्ठ, अनिता ढकाल, राजेश क्षेत्री, टीका कार्की, जयन्ती विष्ट र घनेन्द्र फागो सदस्य रहेको समिति बनाएको छ।

हर्नडनमा बिहीबार नयॉ पदाधिकारी घोषणा र स्वागत कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा निवर्तमान अध्यक्ष अर्जुन सिग्देलले विगतमा भएका विविध गतिविधिको जानकारी गराएका थिए भने आर्थिक प्रतिबेदन तोया पौड्यालले प्रस्तुत गरेका थिए।

नयॉ कार्यसमितिका पदाधिकारीहरुलाई संस्थाका सल्लाहकार एवं निर्वाचन आयुक्त परशुराम भण्डारीले सपथ ग्रहण गराएका थिए।

आरती सिग्देलले संचालन गरेको कार्यक्रममा गुणराज लुइँटेल, गोविन्द सुवेदी, सीता काफ्ले र हर्नडन टाउन काउन्सिलका निर्वाचित सदस्य प्रदीप ढकालले शुभकामना ब्यक्त गरेका थिए।

आदर्श नेपाली समाज “ आफ्नो भाषा भाबी सन्ततीले नबिर्सुन भन्ने उदेश्यले नेपाली स्कूल संचालन गर्नु पर्ने भएकोले एउटा सस्था दर्ता गर्नै पर्ने भएको कारण यो स्थापना गरिएको हो। अमेरिकामा संस्थाहरूको कुनै खांचो छैन फेरि अर्को सस्था खोलिएछ भन्ने लाग्छ तर त्यसो होइन’ , सस्थाका पूर्ब अध्यक्ष अर्जुन सिग्देलले भने।

यही संस्थाको आयोजनामा भर्जिनियाको हरण्डनमा नेपाल डे परेड, होम कमिंग कार्यक्रमहरू भएका थिए। हरण्डनमा बस्ने सबै नेपालीहरू र अमेरिकामा बस्ने नेपालीहरूको साथ सहयोगले नोबेम्बर ६ , २०१८ मा भएको निर्बाचनमा नेपाली मूलका अमेरिकन प्रदीप ढकालले “ टाउन अफ हरण्डनमा “ टाउन काउन्सिल “ पदमा ३०८८ मत पाई बिजयी बनेका थिए।

यो हरण्डनमा बस्ने नेपालीहरूको लागि मात्रै नभएर डायस्पोरामा बस्ने सबै नेपालीहरूको गौरवको बिषय भएको कुरा सस्थाका पूर्ब अध्यक्ष सिग्देलले बताए।

उक्त सपथ ग्रहण कार्यक्रममा स्थानीय सीता काफ्लेले शुभकामना मनतब्यकै क्रममा आफू २०० डलर तिरेर आजीबन सदस्य बन्ने घोषणा समेत गरिन्। उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण डि सि नेपाल बाट भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *