नेपाल ओलम्पिक कमिटीको मतदान जारी

डिसी नेपाल
२८ भदौ २०७६ १२:०१

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। ललितपुरको सातदोबाटोस्थित कमिटीको कार्यालयमा शनिबार बिहान निर्धारित समयभन्दा केही ढिला गरी मतदान सुरु भएको हो।

मतदाता २७ जना रहेको सो निर्वाचनको पर्यवेक्षण अन्तराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशीयाका प्रतिनिधिहरुले गरिरहेका छन।

कमिटीको नयाँ कार्यसमितिको अध्यक्षको पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन । दुवै जना नेकपा निकट हुन्।

महासचिव पदमा जीवनरामको प्यानलबाट निलेन्द्रराज श्रेष्ठ र उमेशलालको प्यानलबाट पुरेन्द्रविक्रम लाखेले उम्मेदवारी दिएका छन।

५ जना उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन। उपमहासचिवमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाको मात्र उम्मेदवारी परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *