नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी

डिसी नेपाल
२८ भदौ २०७६ १३:१४

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वमा जीवनराम श्रेष्ठ विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित कमिटीको कार्यालयमा शनिबार बिहान भएको मतदानमा उमेशलाल श्रेष्ठलाई पराजित गर्दै जीवनराम विजयी भएका हुन् ।

मतदाता २७ जना रहेकोमा जीवनरामले १७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरेका थिए। त्यस्तै पाँच जना उपाध्यक्षहरुमा ज्योती राणा २६ मत सहित विजयी हुँदा चतुरानन्द राजबैद्यले २२, तेजबहादुर गुरुङले २०, सुनिल कुमार श्रेष्ठले १८ तथा अशोकरत्न बज्राचार्यले १५ मत ल्याएर विजयी भएका छन् ।

उपाध्यक्षमा उम्मेदवारी दिएका मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पराजित भए। समिमले १२ मत मात्र प्राप्त गरे समिमसँगै राजीब श्रेष्ठ र पुष्पदास श्रेष्ठ ११–११ मत ल्याएर पराजित भए।

महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन्। निलेन्द्रले पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पछि पार्दै निर्वाचित भएका हुन् । निलेन्द्रले १५ मत प्राप्त गर्दा लाखेले १२ मत ल्याएका छन् । निलेन्द्र जीवनराम श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *