नेपाली जनसम्पर्क समिति ओमानद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

डिसी नेपाल
२८ भदौ २०७६ २०:२०

मस्कट, ओमान। नेपाली जनसम्पर्क समिति ओमानले मृगौला पीडित एक जनालाई आर्थिक सहयोग रकम पठाएको छ।

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका ७ बङराती निवासी कमल बहादुर गुरुङलाई आर्थिक सहयोग पठाएको हो।

दुबै मृगौलाले काम गर्न छाडेपछि मृत्युसंग लडिरहेका गुरूङलाई उनकी पत्नीले आफ्नो एउटा मृगौला प्रदान गरी उनको जीवन जोगाएकी थिइन्।

हाल नेपालमा उनको उपचार भइ रहेको छ। उपचारको लागि आर्थिक अवस्था कमजोर हुन गएकोले यस विपत्तिमा नेपाली जनसम्पर्क समिति ओमानले गुरूङलाई बचाउ अभियान सुरु गरेको थियो।

समितिको मेम्बर तथा सहयोगी हातहरू बाट उठेको रकम नेपाली ४० हजार रूपैयाँ सहयोग गरिएको हो।

सो रकम बिरामीका पत्नी माया गुरूङलाई सहिद गंगालाल हस्पिटलमा नेपाली जनसम्पर्क समिति ओमानका केन्द्रीय सदस्य विमला पौडेलले सहयोग रकम हस्तान्तरण गरेको नेपाली जनसम्पर्क समिति ओमानका महामन्त्री नवीन पङ्गेनीले जानकारी दिए।

गुरूङको मृर्गौलामा समस्या देखिएपछि उपचारको क्रममा धेरै नै खर्च लाग्ने भएकोले आर्थिक सहयोग गर्नुहुन सबैलाई आग्रह गरिएको थियो।

समितिको तर्फबाट पीडितको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस कार्यमा सहभागी हुने सबै सहयोगी मनलाई नेपाली जनसम्पर्क समिति ओमान परिवारले आभार व्यक्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *