साउदीको तेल भण्डारमा आक्रमणपछि कच्चा तेलको मूल्य बढ्यो

डिसी नेपाल
३० भदौ २०७६ ७:४१

बीबीसी। साउदी अरबको तेल भण्डारमा शनिबार भएको ड्रोन आक्रमणपछि कच्चा तेलको मूल्यमा बढोत्तरी भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार कारोबारको सुरुवातमा कच्चा तेलको मूल्य १९ प्रतिशतले बढेको छ। योसँगै प्रति ब्यारलको मूल्य बढेर ७१.९५ डलर भएको बीबीसीले जनाएको छ।

अमेरिकाले आफ्नो भण्डारबाट कच्चा तेल निकाल्दा केही राहत भएको जनाइएको छ। तर साउदी अरबको तेल भण्डारणले पहिला नै अनुपातमा तेल उत्पादन गर्न केही हप्ता लाग्ने जनाइएको छ।

साउदी अरबको सरकारी तेल कम्पनी अरामका भनेको छ–आक्रमण कारण तेल उत्पादन घटेर प्रतिदिन ५.७ लाख ब्यारल भएको छ।’ यो आक्रमण त्यो बेलामा भयो जतिबेला अराम आफूलाई विश्वको सबैभन्दा ठूलो स्कट मार्केटमा स्थापित गर्ने तयारीमा जुटेको थियो।

बीबीसीका कुटनीतिक मामिलाका संवाददाता जोनाथन मार्कसका अनुसार मध्य–पूर्व पहिला देखि नै अस्थिर थियो। र, ड्रोन आक्रमणले यो अस्थिरतालाई झन बढाएको छ।

हुती विद्रोहीले ड्रोन आक्रमण आफूले गरेको दाबी गरिरहेको छ। तर अमेरिकाले भने यसको दोष इरानलाई दिइरहेकोछ, जसलाई इरानले अस्वीकार गरेको छ।

यो आक्रमणपछि इरानले कुन हदसम्म हुती विद्रोहीलाई प्राविधिक सहयोग गर्छ भन्ने विषयमा फेरि वहश सुरु भएको छ।
गत वर्ष संयुक्त राष्ट्रसंघका विशेषज्ञले आफ्नो एक रिपोर्टमा इरान र हुती विद्रोहीको प्रविधिमा निकै समताना रहेको उल्लेख गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *