इमान्दारिताका साथ विकास निर्माणमा जुट्न पार्टी निकट निर्माण व्यवसायीलाई प्रचण्डको आग्रह
फाईल तस्बिर
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले इमान्दारिताका साथ विकास, निर्माणको काममा जुट्न पार्टी निकट निर्माण व्यवसायीहरुलाई आग्रह गरका छन्।
अध्यक्ष दाहालले जनता र राष्ट्रको पक्षको विकास, निर्माणको कामलाई अघि बढाउने अवसर आएको उल्लेख गर्दै सो अवसर सदुपयोग गर्न पनि निर्माण व्यवसायीहरुलाई सचेत गराएका हुन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समयमै गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायी कार्वाहीको भागीदार हुने चेतावनी पनि दिए।
अध्यक्ष दाहालले मुलुकमा निरंकुशता र अराजकतावादीहरुको कुनै स्थान नरहेको उल्लेख गर्दै सरकार र निर्माण व्यवसायीहरुले मिलेर मुलुक निर्माणको अभियानलाई तीव्रता दिनुपर्ने पनि स्पष्ट पारे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment