कर्मचारी संचय कोषको रकम तीन खर्ब ८ अर्ब ८५ करोड

डिसी नेपाल
३१ भदौ २०७६ १३:५५

काठमाडौं। कर्मचारी संचय कोषको रकम ३ खर्व ९ अर्व ८५ करोड पुगेको छ। कर्मचारी संचय कोषले आफ्नो स्थापनाको ५८ औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोषमा जम्मा भएको रकम ३ खर्ब नाघेको जानकारी गराएको हो।

त्यसमध्ये ३ खर्व ३८ अर्व ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको पनि कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए। कोषले गत साउन महिनासम्ममा ३१ अर्व ४५ करोड जगेडा रकम रहेको पनि जनाएको छ।

कोषले जगेडा रकमलाई मुलुकको पूर्वाधार, उर्जा र आवास निर्माण कार्यक्रममा लगानी गर्ने तयारी गरेको छ। प्रशासक गौतमले मुलुकलाई समृद्ध बनाउने अभियानमा जगेडा रकम परिचालन गर्न लागिएको बताए। त्यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरेर अघि बढने कोषको योजना छ।

कर्मचारी संचय कोषमा हाल सरकारी र निजी क्षेत्र गरी ६ लाख संचयकर्ताहरु रहेका छन्। उनीहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत सामान्य रोग लागेका १ लाख तथा घातक रोग लागेमा १० लाखसम्म उपचार खर्च दिने गरी स्वास्थ्य विमा सेवा संचालन गरिएको कोषका प्रशासक गौतमले जानकारी दिए।

त्यसैगरी कोषले संचयकर्ताहरुलाई आफ्नो सेवा कालमै दुर्घटनामा परी अंगभंग भएमा वा मृत्यु भएका २ लाख दिने, काजक्रिया खर्च बापत ४० हजार रुपैयाँ दिने व्यवस्था गरिएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *