त्रिभुवन विमानस्थलमा थप २०० वटा सिसीटिभी जडान गरिँदै

डिसी नेपाल
३१ भदौ २०७६ १६:३४

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई लक्षित गरी विमानस्थल सुरक्षा व्यवस्थापनको कामलाई तीव्रता दिएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा निकायका प्रमुख डिआईजी सूर्यप्रसाद उपाध्यायले सो विमानस्थलको सुरक्षाको उचित व्यवस्थापनको काममा तीव्रता दिइएको जानकारी गराएका हुन्।

उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ समेत ध्यानमा राखेर सो विमानस्थलको सुरक्षाका लागि थप सय वटा सिसीटिभी क्यामेरा समेत जडान गर्न लागिएको जानकारी दिए। हाल सो विमानस्थलमा ३४५ वटा सिसीटिभी क्यामेर जडान गरिएको छ।

त्यसमा सय वटा थप गरेर विमानस्थलको सुरक्षा व्यवस्थालाई थप भरपर्दो बनाउन लागिएको डिआईजी उपाध्यायले बताए। विमानस्थलको सुरक्षाका लागि हाल सय वटा सिसीटिभी क्यामेर जडानको काम भईरहेको छ। ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा कुनै प्रतिकूल असर नपरोस् भनेर पनि सो विमानस्थलको सुरक्षाका लागि आवश्यक प्रविधि जडानको कामलाई प्राथमिकता दिइएको पनि विमानस्थलले जनाएको छ।

डिआईजी उपाध्यायले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कुनै पनि समान नहराउने भरपर्दो व्यवस्था गरिएको पनि दावी गरे। सबै ब्यागेजहरु सिसीटिभी क्यामेराको निगरानीमा राखेर यात्रुलाई दिने काम गरिएको विमानस्थलको दावी छ। डिआईजी उपाध्यायले एयरलाईन्सहरुले कुनै पनि यात्रुको सामान हराए सम्बन्धित एयरलाईन्सबाटै क्षतिपूर्ति दिलाउने व्यवस्था गरिएको बताए।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले सो विमानस्थलको व्यवस्थापनका लागि सम्बन्धित सबै निकायसँग आवश्यक समन्वयको कामलाई पनि प्राथमिकता दिइएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *