सम्झनासंगको सहकार्यमा पशुपति शर्माले ल्याए नयाँ गीत ‘कान्छी बुहारी…’

डिसी नेपाल
३१ भदौ २०७६ १८:४१

काठमाडौं। लोकगीतमा मौलिकताको खोजी गर्ने गायकका रुपमा चिनिन्छन् पशुपति शर्मा। उनी आफ्ना हरेक गीतमा नयाँपन दिन्छन्। उनका गीत सन्देशमूलक पनि हुन्छन्। त्यसैले होला उनका गीतलाई स्रोता/दर्शकले उत्तिकै रुचाउँछन् पनि।

उनै गायक पशुपतिले सम्झना भण्डारीसंग मिलेर नयाँ गीत ल्याएका छन्, ‘कान्छी बुहारी…’। यो दशैं तिहार गीत हो। गीतमा पशुपति–सम्झनाको स्वर मात्र छैन् अभिनय पनि आफै गरेका छन्। साथमा सबिता गुरुङ्गले भिडियोमा अभिनय गरेकी छन्।

गीतको लय/शब्द पन पशुपतिकै हो। मंगलबार पशुपतिले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको यस गीतमा बिहेमा हुने खर्चको प्रसंगलाई रमाईलो तरिकाले प्रस्तुत गरेका छन्।

भिडियोलाई दुर्गा पौडेलले छायांकन तथा निर्देशन गरेका हुन्। गिरमान सोहन कुमालको कोरियोग्राफी रहेको भिडियोमा नबिन घर्ति मगरको सम्पादन छ।

पशुपति नेपाली लोक गीतसंगीतमा सर्वाधिक चर्चामा रहेको नाम हो। सम्झना पनि पछिल्लो समयकी ब्यस्त गायिका हुन्। पशुपति र सम्झनाले यसअघि पनि धेरै गीतमा सहकार्य गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *