संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर सारङ्गीको आर्केष्टा ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने भएको छ।
कलाकार समूहले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मौलिक नेपाली लोकधुनहरूको विशेष प्रस्तुति गर्नेछ।
मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका निमित्त नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भसमेत जोडेर आयोजना गरिने उक्त फरक शैलीको सांस्कृतिक÷साङ्गीतिक कार्यक्रम यही असोज २ गते साँझ ५ बजे जमलस्थित सांस्कृतिक संस्थानको प्रेक्षालयमा आयोजना गरिने प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक राईले जानकारी दिए । रासस
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment