कस्तो बिरामीले कपाल प्रत्यारोपण गर्ने ? यस्तो छ डा. स्मृती श्रेष्ठको सुझाव

डिसी नेपाल
५ असोज २०७६ ९:१८

काठमाडौँ । नेपालमा कपाल प्रत्यारोपण अहिले धेरैले गरिसकेका छन्। अझ धेरैलाई यसबारे उत्सुकता छ। कति जनालाई त कपाल रोप्न रहर भएपनि सरल उपचार विधिबारे जानकारी नभएर इच्छा भए पनि कपाल रोप्न डर मान्नुहोला। यहाँ आज कपाल प्रत्यारोपण प्रक्रियाको बिस्तृत जानकारी दिंदैछौँ।

उमेरसंगै कपाल पातलो हुने र झर्ने गर्छ। कपाल झर्ने कारण धेरै हुनसक्छ। चांया, हर्मोनको गडबडी, थाइरोइड, ज्वरो आउने, विरामी पर्ने, पौष्टिक आहारको कमी, आइरन तथा भिटामिन ‘डि’ को कमी, मानसिक वा शारीरिक तनाव, मौसम र ठाउँ परिवर्तन, ईत्यादि धेरै कारणले कपाल झर्छ। उमेर अनुसार पनि बिस्तारै हाम्रो कपालको घनत्व घट्दै जान्छ, यो मिहला पुरुष सबैमा हुन्छ। पचास वर्ष उमेर पछि कपाल बढ्ने अनुपात नै धेरै कम हुन्छ।

विशेषत पुरुष वर्गमा हर्मोन र वंशानुगत गुणले तालुपना नै निम्त्याउंछ। केटा मान्छेमा तालुपना जुनसुकै उमेरमा शुरु हुन सक्छ। भनिन्छ, बीस वर्षमा २०% केटाहरुमा तालुपना शुरु हुन्छ, तीस वर्षमा ३०% र असी वर्ष पुग्दा ८०% पुरुष तालु हुन सक्छन्। तालुपनाले स्वास्थ्यमा असर नगरे पनि मान्छेको छवि र सुन्दरतामा प्रभाव पार्छ र यो तथ्य वैज्ञानिक अनुसन्धानमा पनि देखिएको छ।

तालुपनाको समस्यामा रसायनको प्रभावले कपाल पातलो र मसिनो हुँदै जान्छ र बिस्तारै पातलो भएको भाग खाली हुन्छ। धेरैजसो पुरुषमा अगाडिको कपालबाट यो प्रकृया शुरु हुन्छ भने कोहीमा चाहिँ टाउकोको मध्य भागमा तालुपना भई अगाडिको कपाल प्राकृतिक रुपमा बांकी नै रहन सक्छ।

प्रारम्भिक अवस्थामा विभिन्न औषधि र सुईबाट यो क्रमलाई रोकथाम गर्न सकिन्छ। समयमै उपचनर शुरु गरे कपाल राप्नै पर्ने अवस्थासम्म नपुगन पनि सकिन्छ। मेडिकल औषधि र पि.आर.पि. थेरापी यस्ता व्यक्तिका लागि एकदम प्रभावकारी हुन्छ। पि.आर.पि. थेरापी गर्दा आफ्नै रगत झिकेर यसको औषधिमुलक भागलाई प्रशोधन गरि छुट्याइन्छ। यसरी निकालेको पि.आर.पि. सुईबाट कपालका राखिन्छ। अमृत सरह मान्ने गरिएको पि.आर.पि. मा २० भन्दा बढी लाभदायक रसायन हुन्छन्। यस उपचार विधिले सबै कारणले गर्दा झरेको कपाललाई रोकथाम गर्छ। तालुपनाको उपचारमा मात्र यसका फाइदा सिमित छैन। तर कपाल र छालासम्न्धि धेरैजसो उपचार जस्तै कपाल झर्ने सम्यामा पनि निरन्तर उपचार आवश्यक छ, हामी खाना खाएजस्तै हो छाला र कपालको स्याहार, जति स्याहार गर्यो, त्यति राम्रो।

तालुपनाले कपाल झरेर खाली भइसकेको भागमा कपाल प्रत्यारोपण वा ट्रान्सप्लान्ट सर्जरी नै गर्नु पर्छ। यो अहिले विध्यमान तालुपनामो एकमात्र स्थायी समाधान हो । हेयर ट्रान्सप्लान्ट सर्जरी नेपालमा भित्रिएको केही वर्ष भयो। धुलिखेल अस्पतालले प्रारम्भिक कालदेखि नै यो सेवा निरन्तर दिएको छ। हेयर ट्रान्सप्लान्ट एक साधारण शल्यक्रिया प्रविधि हो, विरामीको आफ्नै कपाल पछाडिको भागबाट अगाडिको भागमा रोपिन्छ। कति कपाल रोप्ने भन्ने निर्णय कपालको घनत्व र तालुपनाले असर गरेको भाग नापेर सर्जरीभन्दा पहिले निश्चित गरिन्छ, जसले गर्दा शल्यक्रियापछि कपाल झिकेको भाग खाली देखिदैंन र खत पनि बस्दैन। यसरी पछाडिबाट झिकिएको भागको कपाल रसायनिक प्रभावबाट मुक्त हुन्छ, त्यसैले जिवनभर झर्दैन।

कपाल ट्रान्सप्लान्ट गर्दा विरामी स्वास्थ्य परिक्षणपछि सबै ठीक भए, विरामीलाई वेहोश नगरी दुखाईरहित प्रकृयालेस पछाडिको कपाल खाली भागमा रोपिन्छ। कपाल रोपेको केही डाक्टरको सल्लाह अनुसार विशेष स्याहार गर्नु पर्छ। कपाल सफा राख्ने, चाँया पर्न नदिने, नियमित सलाईन पानीले सफा गर्ने इत्यादि कुरा सर्जरी जति नै जरुरी परामर्ष हुन्। रोपेको कपाल केही हप्तामा झरेर नयां कपाल पलाउंछ र सम्पुर्ण बाकेलो कपाल आउन ट(ढ महिमा लाग्छ। उक्त कपाल पाल्न, काट्न, खौरिन र जुनसुकै स्टाइल गर्न मिल्छ। कपाल प्रत्यारोपण अनुभवी तालिम प्राप्त चिकित्सक र प्रविधिक टोलीसंग गराउनु पर्छ।

(लेखक डा. श्रेष्ठ धुलिखेल अस्पतालमा कार्यरत छन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *