‘पुर्खे बा’को दशैं गीतमा बृद्धको रोदन : आएँ सहर छोरो फोन उठाएन्, म बुढोलाई कसैले रुचाएन् !

डिसी नेपाल
८ असोज २०७६ १६:४१
28
Shares

काठमाडौं। (पुर्खे बा)को नामबाट परिचित हास्यकलाकार पुरुषोत्तम भण्डारीले दशैंको नयाँ गीत सार्वजनिक गरेका छन्।

उनले मंगलबार साँझ ‘किरिया खर्च’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीत सुन्दा जति मार्मित लाग्छ, भिडियो हेर्दा अझ मार्मिक बनाउँछ।

गीतले सन्तान भएर पनि बुढेसकालमा एक्लो भएको एक बृद्ध बाबुको कथा बोलेको छ। आमाबाबुले सन्तानको लागि हदैसम्मको दुःख गर्छन्। आफूले नखाएर भएपनि छोरीछोरीको भेट भोको राख्दैनन्। तर ठूला भएपछि तीनै सन्तानका लागि बाबुआमा बोझ बन्छन्। गीतले यस्तै कुराहरु बोलेको छ।

त्यस्तै पछिल्ला वर्ष गाउँघर रित्तिदै जाँदा कोही मर्दा मलामी जाने मानिसहरुसम्म नुहुने तीतो यथार्थलाई समेत गीतले छोएको छ।

‘पुर्खे बा’स्वयंमको शब्द, पुरुषोत्तम गैरेको लय रहेको गीतमा ‘पुर्खे बा’ र सुकदेव अधिकारीको आवाज छ। भिडियोमा ‘पुर्खे बा’संगै सुरज खरेल, बुद्ध गौतम, गोबिन्द कनौजे लगायतले अभिनय गरेका छन्।

दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको भिडियोमा नविन घर्ति मगरले सम्पादनको जिम्मेवारी निभाएका हुन्। भिडियो ‘पुर्खे बा’को आफ्नै युट्युब च्यानलमा हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *