गायक शम्भु फोम्बोको ‘रुप हेरी’ [भिडियो]

डिसी नेपाल
९ असोज २०७६ ११:१२

काठमाडौं। गायक शम्भु फोम्बोको ‘रुप हेरी’ बोलको गीत रिलिज गरिएको छ। गीतमा समाजमा प्रेमका नाममा हुने गतिविधिलाई व्यवस्थित गर्न र प्रेमिल जोडीले आपसी हीतका लागि दुवैको विचार र सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने उल्लेख गरिएको छ।

आधुनिक जनराको गीतमा शशी गुरुङ वाङदेलको शब्द तथा संगीत छ। गायक शम्भु फोम्बो र मेलिना राईले स्वर दिएको यस गीतको भिडियोमा निराजन प्रधान र सोना पालुङ्वा लिम्बुलाई फिचर्ड गरिएको छ।

भिडियोलाई मधुर बस्नेतले छायांकन गरेका छन्। उमेश गुरुङले निर्देशन गरेको यो गीतको भिडियोमा एक प्रेमिल जोडीको मायालाई देखाउन खोजिएको छ ।

पछिल्लो समय समाजमा नकारात्मक भावनाको विकास हुँदै गएको सन्दर्भलाई गीत र म्युजिक भिडियोमा समेट्न खोजेको भन्दै गायक शम्भु फोम्बोले सरकारात्मक सोचबाट मात्रै सबै क्षेत्रको विकास हुन सक्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *