जापानमा नेवारी चलचित्र ‘पानबती’ को प्रदर्शन

डिसी नेपाल
१० असोज २०७६ १२:५३
8
Shares

टोकियो। नेवा: अन्तराष्ट्रिय फोरम जापानको आयोजनामा टोकियो मेगुरो कुन्मिन सेन्टर हलमा नेवारी चलचित्र ‘पानबती’ प्रदर्शन गरिएको छ। नेवार, गैर नेवार र जापानिज दर्शकहरूको उपस्थितिमा चलचित्रको प्रदर्शनी गरिएको हो।

प्रदर्शनीमा चलचित्रको निर्देशक सुरेन्द्र तुलाधर सहभागी थिए। नेवारी भाषालाई बिषेश महत्व दिएर कार्यक्रमहरू प्रसारण गर्दै आएको ईमेज च्यानलको प्रवन्ध निर्देशक रघुवर भक्त्त मानन्धर र श्रीमती मानन्धर पनि यस चलचित्र प्रदर्शनको लागि जापान आएका थिए।

चलचित्र नेवारी भाषामा भएपनि अंग्रेजी सबटाईटल राखिएको थियो। जापानिज दर्शकलाई भने संवादहरू जापानी भाषामा उल्था गरिएको पेपर दिईएको थियो।

टोकियोलगायत बाहिरबाट पनि जापानी दर्शकहरू चलचित्र हेर्न आएका थिए । ‘कठपुतली’, ‘शिरिषको फुल’ र ‘माइ लभ’ गरी तीनवटा नेपाली चलचित्र बनाएका जापानी निर्देशक तोसीआकी इटोउ पनि‘पानबती’ हेर्न आएका थिए।

कार्यक्रमको सुरूवाती सम्मान पत्र वितरण बाट भएको थियो। आयोजक संस्था नेवा: अन्तराष्ट्रिय फोरम जापानले मिडियाको मार्फत नेवा भाषाको संरक्षण र प्रवर्धन गरेकोमा ईमेज च्यानलको महाप्रबन्धक रघुवर भक्त्त मानन्धर तथा कलाकारिता मार्फत नेवास् भाषाको संरक्षण र प्रवर्धन गरेकोमा निर्देशक सुरेन्द्र तुलाधरलाई संस्थाको पदाधिकारीहरू बाट खादा ओढाई सम्मान पत्र वितरण गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *